नेपाल मेडिकल काउन्सिलको निर्वाचन सुरु, यी स्थानमा मतदान हुँदै

नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु भएको छ। आज र भोलि काठमाडौं उपत्यका बाहिरका १८ मतदान केन्द्रमा मतदान हुनेछ।
आज विहान १० बजे देखि अपरान्ह ४ बजेसम्म उपत्यका बाहिरका ६ वटा मतदान केन्द्रमा निर्वाचन हुनेछ।
कोशी अस्पताल विराटनगर, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल बीरगञ्जमा मतदान भइरहेको। यस्तै भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पनि आजै देखि मतदान सुरु भइरहेको निर्वाचन समितिले जनाएको छ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्। उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ।
त्यसैगरी, शनिबार मतदान हुने केन्द्रहरुमा मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पताल हुन्।
उपाध्यक्ष पदका लागि डा शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।