२९९ जनामा कोरोना संक्रमण, ६ काे निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ पिसिआर परीक्षण गर्दा २७२ र ३ हजार २८८ को एन्टिजेन परीक्षणमा २७ गरी २९९ जनामा संक्रमण देखिएकाे हाे।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ। याे अवधिमा संक्रमणमुक्त २६० जना संक्रमणमुक्त भएका छन्। याेसँगै ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा काेराेनाका कारण ६ जनाकाे निधन भएकाे छ। याेसँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ११ हजार ४८९ पुगेकाे छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार हाल ७ हजार १६९ जना होम आइसोलेसनमा र ४७३ जना संस्थागत आइसोलेसनमा छन्। यीमध्ये २२४ जनाकाे आइसियू र ६० जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *