स्वास्थ्य प्रमुख विशेषज्ञमा तीन जनाको बढुवा, को–को परे ?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह (प्रमुख विशेषज्ञ)मा तीन जना चिकित्सक बढुवा भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले  डा. श्यामसुन्दर यादव,डा भिमसिंह टिंकरी र  गुणराज लोहनी  बढुवा गरेकाे हाे।

गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियाे।

सिफारिस समितिले पहिलो नम्बरमा बाँकेकाे भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीकाे नाम १२औं तहका लागि सिफारिस गरेकाे थियाे।

मन्त्रिपरिषदले पाँचजनामध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेकाे हाे।  १२औं तहका रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका थिए।

हेल्थपोस्ट एक्सक्लुसिभः १२ औं तहको बढुवाका लागि डा. यादव पहिलो नम्बरमा, पाँचौंमा पुगे डा. लोहनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *