प्रदेश १ ले माग्यो स्वास्थ्य कर्मचारी, कुन पदमा कति ?

प्रदेश १ ले ठूलो संख्यामा स्वास्थ्यको कर्मचारी माग गरेको छ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको आधारभूत स्वास्थ्य सेवाका लागि केही कर्मचारी आवश्यक परेको हो।
सेन्टरले एक सूचना जारी गर्दै २०७९ असार मसान्तसम्म करार सेवाका लागि २९ जना कर्मचारीका पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो।
सेन्टरले फिजियोथेरापिष्ट, बायोमेडिकल टेक्निसियन, ल्याब टेक्निसियन, होमियोपेथिक असिस्टेन्ट एक–एक जना माग गरेको छ।
त्यसैगरी, हेल्थ असिस्टेन्ट तीन, स्टाफ नर्स दश, कार्यालय सहयोगी तथा सरसफाई कर्मचारी छ–छ जना माग गरेको छ।
करार सेवामा पदपूर्ति हुने भएकोले इच्छुकले सात दिन भित्र दरखास्त हाल्न सकिने छ।
Location &phone no.dinu