सरोगेसी मार्फत आमा बनिन् बलिउड अभिनेत्री प्रीति जिन्टा

हेल्थपोस्ट नेपाल

बलिउड अभिनेत्री प्रीति जिन्टा सरोगेसी माध्ययमबाट आमा बनेकी छिन् ।

४६ वर्षीया प्रीतिले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

सरोगेसी माध्ययममा पुरुषको वीर्य र महिलाको अण्डामा गर्भधारण गरेर तेस्रो महिलाको कोखमा राखेर हुर्काइन्छ। यसलाई भाडाको कोख पनि भन्न सकिन्छ।

मिमी: भाडामा बेचिने एउटा ‘कोख’को कथा

सामाजिक संजालमार्फत आफ्नो खुशी पोख्दै आमा बनेको खबर सुनाइकी हुन्।

उनले लेखेकी छिन्, ‘जीन र म आज निक्कै खुशी छौं ।आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’

प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’

प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् ।

…अनि अध्ययन खर्च जुटाउन मैले आफ्नो ‘प्रजनन अण्डा’ बेच्न थालेँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *