मन्त्री खतिवडाले कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकालगायत छिमेकी मुलुकसँग सँगसँगै अगाडि बढ्ने बताए। स्वास्थ्य बीमालाई सहज बनाइने उनको भनाइ थियो।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले सुरुदेखि नै साथ दिएको बताए। उनले कोभ्याक्समार्फत नेपाललाई फेरि खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म देशभरका २४ अस्पतालबाट सञ्चालन भइरहेको छ। अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १ लाख ६२० मात्रा खोप उपलब्ध गराइएको हो।