दुर्घटनामा घाइते भएका डा. दीपक खरेलको निधन

हेल्थपोस्ट नेपाल

कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. दीपक खरेलको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका डा. खरेलको आज बिहान मृत्यु भएको हो। उनी राष्ट्रिय ट्रमा सेन्टरको आइसियुमा उपचाररत थिए। डा. खरेलको बिहान ८ बजे निधन भएको सेन्टरका निर्देशक डा. प्रमोद जोशीले पुष्टि गरे।

‘८ बजेर १२ मिनेटमा उहाँको मुटु चल्न छोड्यो,’ डा. जोशीले भने, ‘ हामीले इजिसी, पल्स हेर्‍यौं। केही पनि चलेको थिएन।’

डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परेका थिए। उनको टाउकोमा रगत जमेको थियो। उनलाई न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो।

उनको बुटवलको एक अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। त्यहाँ सम्भव नभएपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण उनलाई ट्रमा सेन्टर भर्ना गरिएको थियो। उनको सबै उपचार खर्च सरकारले बेहोर्ने बताएको थियो।



One thought on “दुर्घटनामा घाइते भएका डा. दीपक खरेलको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *