बिहानैदेखि देशका अधिकांश स्थानमा मौसम बदली,के पानी पर्छ?

हेल्थपोस्ट नेपाल

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बदली भएको छ। अन्य दिनजस्तो घाम लागेको छैन। मौसम नै धुम्म भएको छ।

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

मौसम बदली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नभएको मौसमविद मन्जु बासीले जानकारी दिइन्। उनले शनिवारसम्म नै यो प्रणालीको प्रभाव नेपालमा रहने बताइन्।

यसैबीच, आज काठमाडौंको न्यूनतम तापक्रम भने बढेको छ। बुधबार न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेकोमा आज ९ डिग्री सेल्सियस पुगेको छ। रातको समय बादल लागेकाल न्यूनतम तापक्रम बढेको बासीले बताइन्। न्यूनतम तापक्रम बढे पनि आज अधिकतम तापक्रम भने घट्ने मौसमविदले बताएका छन्।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *