आज ७ हजार ६३६ सक्रिय संक्रमित, एकको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ पीसीआर र एक हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१२ जनामा संक्रमण पुष्टि भएको हाे।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना पुगेको छ। आज ७ हजार ६३६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २०२ जना संक्रमणमुक्त भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ पुगेको छ।

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ।

हाल ९९ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा एक लाख १ हजार ७६१ जनाले खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *