केडिसि द्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत

हेल्थपोस्ट नेपाल

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडिसि हस्पिटल) ले एसईई पश्चातको ३ वर्षे सर्टिफिकेट तहको लागी डेन्टल साईन्स (डेन्टल हाईजिन) तथा फार्मेसी विधामा नवआगन्तुक विद्यार्थीहरुलाई औपचारीक अभिमुखिकरण कार्यक्रम आयोजना गरि स्वागत गरेको छ ।

कार्यक्रमको सभापतिको रुपमा सोही हस्पिटलको अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ रहेका थिए भने उक्त कार्यक्रममा नवआगन्तुक विद्यार्थी, अभिभावक, हस्पिटलका प्राध्यापक डाक्टरहरु, लगायत सम्पूर्ण हस्पिटल परिवारको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको सुरुवात हस्पिटलको ओरल मेडिसिन तथा राडियोलिजीष्ट डा. प्रतिक्षा श्रेष्ठ बाट भएको थियो । कार्यक्रमको मध्यतिर पूर्व एस. एस. पी. राजकुमार बैदबारले विद्यार्थीहरुलाई सुरक्षा उपाय तथा कुलतका नकारात्मक पक्षहरूको बारेमा जानकारी गराउँदै यस्ता कुराहरू को जानकारी अहिले बाटै सिक्दै जाने कुरामा जोड दिए।

कार्यक्रमको समयमा डा. श्रेष्ठले डेन्टल साईन्स (डेन्टल हाईजिन) तथा फार्मेसी क्षेत्रको महत्व र हालका युवाले यस विषयलाई रोज्दाको फाइदाको विषयमा विद्यार्थीहरुलाई प्रष्ट पारेका थिए।

विश्वमा सन् १९१३ देखि डेन्टल हाईजिन विषयको शुरुवात भएतापनी नेपालमा यस विधालाई सन् २००० मा भित्र्याउने प्रथम व्यक्तिको रुपमा डा. बुद्धिमान श्रेष्ठलाई चिनिन्छ ।

सुरुवाती अवस्थामा नेपालका दुरदराजमा गई मुख तथा दन्त स्वास्थ्यको विषयमा विभिन्न क्याम्प तथा निशुल्क कार्यक्रमहरु आयोजना गरि हाल यस डेन्टल कलेजले करिब १००० भन्दा बढि विद्यार्थीहरुलाई प्रशिक्षण गराईसकेको कुरा यसै शिक्षण संस्थाका व्यवस्थापक तथा प्रिन्सिपल डा. रविन्द्रमान श्रेष्ठले बताए।

दन्त विधामा आफ्नो भविष्य देखेर यस शिक्षण संस्थामा आएका सम्पूर्ण विद्यार्थीलाई शिक्षण संस्थाको सामान्य नियम तथा उक्त विधाको महत्व दिदै डा. रविन्द्रमान श्रेष्ठबाट कार्यक्रमको समापन भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *