पिजीको एकीकृत प्रवेश परीक्षाको आवेदन मंसिर ५ खुल्ने

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा भर्नाका लागि मंसिर ५ गतेबाट अनलाइन आवेदन खुल्ने भएको छ ।

चिकित्सा शिक्षा आयोगका अनुसार मंसिर ५ गते विहान १० वजेबाट पुस ११ गते साँझ ४ बजेसम्म अनलाइन आवेदन फारम भर्न सकिने जनाएको छ ।

आवेदन शुल्क नेपालीका लागि ५ हजार र विदेशी विद्यार्थीका लागि ८ हजार तोकिएको छ ।

आयोगले विषय अनुसार कलेजको सिट संख्या, परीक्षा मिति र परीक्षा केन्द्र भने पछि तोक्ने जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *