रिपोर्टहरुमा स्क्यान गर्दै हस्ताक्षर प्रयोग, कारबाही गरिने काउन्सिलको चेतावनी

केही अस्पताल, क्लिनिक तथा स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य प्रयोगशालका रिपोर्टहरुमा विज्ञको अनुपस्थिमै स्क्यान गरेर हस्ताक्षरको प्रयोग भइरहेको पाइएको छ।
नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषदले सूचना जारी गर्दै प्रयोगशालालगायतका रिपोर्टहरुमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न पनि सचेत गराएको छ।
अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र तथा प्रयोगशालाहरुलाई विज्ञता हासिल गरेका दर्तावाल व्यक्तिको हस्ताक्षर प्रयोग गर्न निर्देशन दिइएको छ।
‘व्यवसायीले आफूले हासिल गरेको तह र विज्ञताको विषय तथा सम्बन्धित परिषद प्रदान गरेको प्रमाणपत्र नम्बर उल्लेख गरी हस्ताक्षर गर्नुहोस्। अन्यथा कानुन बमोजिम कारबाही हुनेछ,’ सूचनामा भनिएको छ।