वायु प्रदुषणको मारमा दिल्ली : शैक्षिक संस्था बन्द, ‘वर्क फ्रम होम’ को आदेश

हेल्थपोस्ट नेपाल

वायुप्रदुषणका कारण अवस्था चिन्ताजनक बनेपछि भारतको दिल्लीसहित त्यससँग जोडिएका केही क्षेत्रमा शैक्षिक संस्था अर्को आदेश जारी नभएसम्मका लागि बन्द गरिएका छन्। यस्तै सवारी साधन सञ्चालन तथा निर्माण सेवामा पनि नयाँ आदेशहरु जारी गरिएका छन्।

कमिशन फर एयर क्वालिटी मनिटरिङले प्रदुषणको मात्रा चिन्ताजनक अवस्थामा रहेको भन्दै घरबाटै काम गर्न पनि विभिन्न कम्पनी तथा अफिसका कर्मचारीलाई आग्रह गरेको छ। यस्तै कार्यालयमा २१ नोभेम्बरसम्म ५० प्रतिशत कर्मचारी मात्र बोलाउन पनि आदेश जारी गरेको भने सोही मितिसम्म अत्यावश्यकबाहेक सम्पूर्ण ट्रकलाई दिल्ली प्रवेशमा रोक लगाएको छ।

 

यस्तै निर्माण कार्यमा पनि मनिटरिङले रोक लगाएको छ। कोइलामा आधारित उद्योगलाई ३० नोभेम्बरसम्म बन्द गर्न पनि आदेशमा भनिएको छ। तर, रेलवे, मेट्रो, एयरपोर्टलगायतका क्षेत्रमा भने प्रतिबन्ध लागू नहुने आदेशमा उल्लेख छ।

दिल्लीमा हावाको स्थिति घातक अवस्थामा रहेको छ। आज बिहान पनि दिल्लीको एक्युआइ ३७९ दर्ता गरिएको छ। यसअघि गत शुक्रबार सबैभन्दा बढी ४७१ एक्युआइ दर्ता भएको थियो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *