अमेरिकामा कोरोनाका कारण डेढ लाख बालबालिका अभिभावकविहीन

हेल्थपोस्ट नेपाल

एजेन्सी – कोरोना महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन्।

‘विजनेस इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिकाको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ।

सो प्रतिवेदनअनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावकविहीन हुनु परेको देखिएको छ। अभिभावकविहीन भएपछि बालबालिकाले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन्।

अभिभावक गुमाएका बालबालिका मध्ये अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ। कोरोनाकाे महामारीबाट अत्यधिक प्रभावित देशको अग्रसूचीमा अमेरिका रहेकाे छ। कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सबैभन्दा धेरै छ।

कोरोनाका कारण अमेरिकामा अहिलेसम्म ७ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *