३७७ जनामा भेटियो संक्रमण, ४ को मृत्यु

आज देशभर ३७७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७७ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ जना पुगेको छ।
२४ घण्टामा ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४८२ जनाको मृत्यु भएको छ।
त्यस्तै, आज १७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ।
हाल ९८ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७९ हजार ५६८ जनाले खोप लगाएका छन्।
कुल संक्रमितमध्ये ७ हजार ४७६ जना सक्रिय संक्रमित छन्।