कुवेतले माग्यो ठूलो संख्यामा नेपाली स्वास्थ्यकर्मी

हेल्थपोस्ट नेपाल

कुवेतको स्वास्थ्य मन्त्रालयले ७२९ नेपाली स्वास्थ्यकर्मीको माग गरेको छ ।

कवेतको स्वास्थ्य मन्त्रालयमा काम गर्न बिएस्सी नर्सिङ, स्टाफ नर्स, एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न स्वास्थ्यकर्मी माग भएको हो ।

कुवेत सरकारले बिएस्सी नर्सिङ र स्टाफ नर्समा महिला मात्र माग गरेको छ। बिएस्सी नर्सिङको लागि न्यूनतम तलब १ लाख २५ हजार रुपैयाँ तोकेको छ ।

स्टाफ नर्सको लागि १ लाख १० हजार तलब तोकेको छ।

त्यस्तै, बाँकी रहेका एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न महिला पुरुष दुबैले आवेदन गर्न सक्छन् । ती पदका लागि पनि मासिक १ लाख १० हजार तलब तोकिएको छ ।

सिटिइभिटी वा अन्य कुनै कलेज युनिभर्सिटीबाट ३ वर्षको कोर्ष पूरा गरी सम्बन्धित काममा कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्छ ।

नेपालको ओमेगा इन्टरनेसनलले उक्त जनशक्ति व्यवस्थापनको जिम्मा लिएको छ ।
सिएमए, अनमी लगायत अन्य ३ वर्ष भन्दा कम करिकुलम सर्टिफिकेट भएका हकमा ओमेगा इन्टरनेसनलले नै छनौट गर्ने जनाएको छ ।

 



46 thoughts on “कुवेतले माग्यो ठूलो संख्यामा नेपाली स्वास्थ्यकर्मी

  1. CMA 7/8बर्स को काम को अनुभव भएको लेे apply गर्न पाउछ कि नाइ?

  2. Very nice opportunity for heath workers thank to kubet government who decided to select from Nepal 🇳🇵

  3. Hello respected sir and ma´ma good morning i am really interesting i am health assistant
    i have work expression for 5 years

  4. I have an experience of 8yrs. working in an emergency department.(5years in cardiac centre and 3yrs.in general hospital.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *