कोरोना संक्रमितबारे सूचना नदिँदा अमेजनले ति¥यो ५ लाख डलर

नयाँ कोरोना केसहरुबारे आफ्ना कर्मचारीहरुलाई जानकारी नदिएको भन्दै अमेरिकामा अमेजन (ई–कर्मस कम्पनी) लाई ५ लाख डलर जरीवाना गरेको छ।
अमेरिकाको क्यालिफोर्नियामा झण्डै एक लाख ५० हजार कामदारहरु अमेजनमा कार्यरत छन्। उनीहरुले अर्डर आएका सामानहरुलाई प्याक गरेर सिपिङ गर्ने काम गर्दछन्।
क्यालिफोर्निया सरकारको नियम अनुसार अफिसमा कोही व्यक्ति कोरोना संक्रमित भए अन्य कामदारलाई अनिवार्य सूचित गराउनुपर्दछ। तर अमेजनले आफ्नो कामदारलाई यसबारे कुनै सूचना नदिएको भन्दै अदालतले जरीवाना गरेको हो।
अमेजनले अब भने ४८ घण्टा भित्र आफ्नो अफिसमा काम गर्ने कामदारहरुलाई कोरोना संक्रमितको बारे सूचित गराउने सहमति जनाएको छ भने जरीवाना तिर्न पनि तयार रहेको बताएको छ।