यरोप र एसियामा बर्डफ्लू फैलिदैं, सर्तक रहन आवश्यक

हेल्थपोस्ट नेपाल

युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड फ्लू देखा पारेको छ । प्राणी स्वास्थ्यसम्बन्धी विश्व संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्टमा युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको उल्लेख छ ।

छिटो फैलिने प्याथोजेनिक एभिएन इन्फ्लुन्जा (बर्ड फ्लु) ले पोल्ट्री उद्योगलाई पहिले देखिनै असर गरिरहेको थियो। लाखौं संख्यामा कुखुरा मारिन थालिएको छ।

यो महामारी पोल्ट्रीमा मात्र नभई मानिसमा पनि फैलिन सक्दछ।
यस वर्षमात्र चीनमा २१ जना व्यक्तिलाई बर्ड फ्लु सरेको तथ्याङ्कले देखाएको छ।

सोमबार दक्षिण कोरियाको चुङचेओङबुक डुस्थित एक कुखुरा फार्ममा बर्ड फ्लू देखा परेको छ । बर्ड फ्लू देखा परेपछि उक्त फार्ममा रहेका ७ लाख ७० हजार कुखुरा मारिएको समाचारमा बताइएको छ ।
त्यस्तै, उत्तरपूर्वी जापानको एक फार्ममा समेत यस वर्षको हिउँदमा पहिलो पटक एच५एन८ नामक बर्ड फ्लूको उपप्रजाति देखा परेको छ।

युरोपका कतिपय मुलुकमा समेत बर्ड फ्लू देखा पर्न थालेको छ । नर्बेको रोगाल्याण्ड क्षेत्रमा ७ हजार चराचुरुङ्गीमा एच५एन१ बर्ड फ्लू देखा परेको ओआईईले जनाएको छ ।

विशेषगरी शरद ऋतुमा बसाइँसराइँ गरेर आउने चराबाट बर्ड फ्लू सर्ने गरेको पाइन्छ । एन्टवर्प क्षेत्रमा एक जंगली हाँसमा निकै संक्रामक बर्ड फ्लू देखा परेपछि बेलिजय सरकार सतर्क बनेको र कुखुरालाई भित्रै राख्न आदेश दिएको छ ।

यसअघि अक्टोबर महिनामा फ्रान्स र नेदरल्याण्डका कुखुरा फार्ममा समेत सतर्कता अपनाइएको थियो ।

ओआईईसमक्ष पेश गरिएको पछिल्लो प्रतिवेदनबाट बर्ड फ्लू भाइरस तीव्र रुपले पुन फैलिन थालेको प्रस्ट हुन्छ । यसअघि देखा परेको बर्ड फ्लूका कारण कुकुरा र हाससहित करौडौं चराचुरुङ्गीलाई मारिएको थियो । पछिल्लो पटक पुनस् बर्ड फ्लू देखा पर्न थालेपछि सरकार र कुखुरा व्यवसायीहरु सतर्क बन्न थालेका छन् ।

बर्ड फ्लू मानिसमा समेत सर्न सक्ने हुँदा यसले रोग विशेषज्ञहरूको तानेको छ । तर कुखुराबाट उत्पादित वस्तु सेवन गर्दा मानिसमा बर्ड फ्लू सर्दैन ।

द गार्जिएनबाट साभार



Leave a Reply

Your email address will not be published. Required fields are marked *