१२औं तहको रिक्त ३ पदमा बढुवाका लागि ५ जनाको नाम सिफारिस, कसको पल्लाभारी?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवातर्फको रिक्त ३ प्रमुख विशेषज्ञ पदका लागि ५ जनाको नाम सिफारिस भएको छ।

सोमबार लोक सेवा आयोगका सदस्यको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयमा बढुवा समितिको बैठकले जेष्ठता, कार्य सम्पादन र दुर्गम सेवाका आधारमा सबैभन्दा अगाडि रहेका ५ जनाको नाम सिफारिस गरेको हो।

सिफारिस भएका मध्ये पहिलो नम्बरमा भेरी अस्पतालमा कार्यरत सर्जन डा. श्याम सुन्दर यादव, दोस्रो नम्बरमा डा. भीमसिंह तिङकरी, तेस्रोमा डा. श्रीकृष्ण श्रेष्ठ, त्यसपछि क्रमशः डा. संगिता मिश्रा र डा. गुणराज लोहनी चौथो र पाँचौ नम्बरमा छन् ।

बढुवा समितिको सिफारिसका आधारमा मन्त्रीपरिषद्ले ५ मध्ये तीन जनालाई प्रमुख विशेषज्ञमा बढुवा गर्छ।

स्वास्थ्य सेवा अन्तर्गत १२ तहमा मन्त्रालयमा २ र वीर अस्पतालमा एक जनाको दरवन्दी रिक्त छ। चार दरवन्दीमध्ये १ मा डा. दिपेन्द्र रमण सिंह कार्यरत छन्।

यसअघि डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा बढुवा भएपछि १, महेन्द्र श्रेष्ठले अनिवार्य अवकास पाएपछि १ दरवन्दी रिक्त छ। वीरमा भने अघिल्लो सरकारले प्रमुख विशेषज्ञको दरवन्दी राखेको हो।

सिफारिस भएका ५ मध्येबाट ती जनालाई सरकारले बढुवा गर्छ। सामान्यतः बरिष्ठताको क्रममै प्रमुख विशेषज्ञ नियूक्ती गरिने भएपनि ५ मध्ये जो सुकैलाई प्रमुख विशेषज्ञ बनाउँने अधिकार मन्त्रीपरिषद्लाई छ ।

केही समयअघिसम्म बढुवका क्रममा अन्य चिकित्सक रहेपछि नयाँ कार्यसम्पादन र दुर्गमको नम्बरको आधारमा नयाँ बरिष्ठता सूची बनेको हो।

बरिष्ठता सूचीमा रहेका मध्ये पनि सामान्यतः पहिलो÷दोस्रो नम्बरमा भएकालाई छोडेर पछाडी रहेकालाई बढुवा गर्दा सरकार आलोचित बन्न सक्छ। त्यो आधारमा डा. यादवको पल्लाभारी छ। त्यसैगरी स्वास्थ्य सेवामा निर्विवादित छवी भएका, बरिष्ठता, पिछडिएको क्षेत्र र समुदायका समेत उमेदवार भएका कारणले डा. तिङकरीलाई बढुवाबाट पाखा लगाउँन सरकारलाई सहज छैन्।

बढुवा हुने तेस्रो उमेदवारमा भने चलखेलको संभावना छ।

तर, अघिल्लो ओली सरकारले बढुवामा बरिष्ठता सूचीमा पहिलो र दोस्रो नम्बरमा रहेकालाई यथास्थितिमै बढुवा गरेर तेस्रो नम्बरमा रहेकालाई छोडेर सिफारिसमा रहेका महेन्द्र श्रेष्ठलाई १२औं तह बनाएको थियो।

यसपटक पनि यस्तै चलखेल भएन भने बरिष्ठता क्रम अनुसार नै बढुवा हुनेछ। त्यसबाहेक तीन जना बढुवा गर्दा एक महिला राख्ने विषय उठेमा डा. संगिता मिश्र बढुवा हुने संभावना छ।

त्यसबाहेक बढुवा क्रममा पछाडि रहेपनि सत्ता साझेदार माओवादी निकट मनिने डा. लोहनीमाथि सरकारको ‘सफ्टकर्नर’ रहने संभावना समेत रहेको स्वास्थ्य अधिकारीहरुको आंकलन छ। तर, पछिल्लो बढुवामा बरिष्ठता क्रममा पनि पछाडि रहेको र समावेशीलगायतका विषयले समेत अन्य उमेदवारको पल्लाभारी रहेकोले लोहनी ‘रिङआउट’ हुनसक्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *