कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा‌.रावललाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश

हेल्थपोस्ट नेपाल

काठमाडौं – पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा‌. मंगल रावललाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ।

सोमबार अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश दिएको हो।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णयबाट प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाज्र गर्न रोक लगाएर उपकुलपतिको कामकाजको जिम्मेवारी डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए ।

मन्त्री खतिवडा र स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध उपकुलपति डा. रावलले पाटन उच्च अदालतमा दिएको रिट दर्ता गरेका थिए। आज उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *