थपिए ४१६ कोरोना संक्रमित, एकको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ।

आज १ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। २२५ जना आइसीयू र ६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *