सर्वोच्च अदालतको काम कारवाही सुचारु गर्न चिकित्सक संघको आग्रह

प्रधान न्यायाधिस चोलेन्द्र शमसेर जबराको राजिनामा माग गर्दै देशभर भइरहेको आन्दोलनप्रति नेपाल चिकित्सक संघले विज्ञप्ती जारी गरेको छ।
न्यायालयमा भइरहेको विवादले न्याय सम्पादनमा अवरोध सृजना भएको भन्दै यी विवादलाई चाँडै सम्बोधन गर्न तथा सर्वोच्च अदालतको काम कार्वाही अविलम्ब नगरि सुचारु गर्न संघले अपिल गरेको छ।
विज्ञप्तीमा भनिएको छ, ‘कानूनी राज्य र विधिको शासन लागू गर्ने सम्मानीत अदालतको गरिमा जोगाउनका निम्ती नेपाल सरकारले सहज र शान्तिपूर्ण वातावरण सृजना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकालेर सर्वोच्च अदालतको काम कावार्ही अबिलम्ब सुचारु गर्न सरोकारवाला निकायसँग नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।’