प्रदुषणका कारण भारतमा लकडाउनको तयारी

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली-वायु प्रदुषण निकै बढेपछि भारतको राजधानी नयाँदिल्लीमा दुई दिने लकडाउनको तयारी गरिएको छ। शनिबार प्रधानन्यायाधीश एनभी रमणकाे इजलासले दिल्ली सरकारलाई वायु प्रदुषणबाट मानिसलाई सुरक्षित राख्न आकस्मिक उपायहरु अपनाउन निर्देशन दिएको थियो।

त्यस्तै, अदालतले दुई दिने लकडाउन गर्न पनि सुझाएको थियो।

अदालतलाई जवाफ दिँदै दिल्ली सरकारले आफू लकडाउन गर्न तयार रहेको बताएको छ।

भारतीय संचार माध्ययमका अनुसार दिल्लीमा मात्र नभई छिमेकी प्रान्तहरुमा पनि लकडाउन गरेमात्र प्रदुषण नियन्त्रण गर्न सक्ने जवाफ पठाइएको छ।

विद्यालय खुलिसकेको तथा कोभिड महामारी र ड‍ेंगुसहित प्रदुषणले बालबालिकाको स्वास्थ्यमा निकै असर पर्ने भन्दै अदालतले उक्त आदेश दिएको हो। सहरमा बस्ने मानिसलाई अनिवार्य मास्क लगाएर घरबाहिर निस्कन आग्रह गरिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *