स्टार अस्पतालले प्रहरीलाई दियो सुरक्षाका समाग्री

हेल्थपोस्ट नेपाल

स्टार हस्पिटलले महानगरिय प्रहरी परिसर ललितपुरलाई सुरक्षाका लागि आवश्यक सामाग्री सहयोग गरेको छ।

परिसरको निर्माणधिन स्मार्ट कन्ट्रोल रुममा आवश्यक पर्ने युपिएस, ब्याट्री, सिसिटिभी जस्ता सामाग्रीहरु अस्पतालले एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो।

उक्त सामाग्रीहरु अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडीकल डाईरेक्टर डा. शैल रुपाखेतीले संयुक्त रुपमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई हस्तान्तरण गरेको हो।

अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रही प्रहरीलाई सुरक्षाका साधन सहयोग गरेको हो।

स्टार अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत सरकारी तथा गैर–सरकारी विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेकोछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *