हैजा नियन्त्रणका लागि साढे २ लाख खोप आइपुग्यो , कहाँ– कहाँ लगाइँदै छ?

हेल्थपोस्ट नेपाल

नेपालको हैजा प्रभावित क्षेत्रका लागि साढे दुई लाख डोज खोप नेपाल आइपुगेको छ। कतार एयरको नियमित उडानबाट २ लाख ५२ हजार ३६३ डोज खोप आज दिउसो काठमाडौँ आइपुगेको हो ।

हैजा प्रभावित क्षेत्रका अढाई लाख बढी बासिन्दालाई  ‘ओरल कलेरा भ्याक्सिन’ दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए।

उनका अनुसार कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको छ। उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याइएको हो।

कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिने डा. पौडेलले बताए।

कपिलवस्तुमा हालसम्म १ हजार ३६४ जनामा झाडापखाला सम्बन्धी समस्या देखिएको छ। जसमध्ये १ हजार ३६२ जना निको भएका छन् भने २ जना उपचाररत छन्। हाल त्यहाँ झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *