चिकित्सा शिक्षा आयोगले पुन: तोक्यो शैक्षिक शुल्क, कुन विषयको कति ?

चिकित्सा शिक्षा तर्फ शैक्षिक सत्र २०७७ र ०७८ को शुल्क निर्धारण गरेको छ। शुल्कका सम्बन्धमा विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यार्थीहरुबाट बारम्बार सोधनी भएकाले शुल्कको सूची सार्वजनिक गरेको आयोगले जनाएकाे छ ।
आयोगले सूचना जारि गर्दै शुल्क निर्धारण गरिएको जनाएको हो। आयोगले एमबिबिएस उपत्यका भित्रको हकमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ तोकिदिएको छ।
त्यस्तै, उपत्यका बाहिरको हकमा भने एमबिबिएसको ४४ लाख ३६ हजार २५ रूपैयाको तोकिएको छ। डेन्टलका लागि २० लाख १९ हजार ५८० शुल्क तोकिएको छ । बीएससी नर्सिङ कार्यक्रममा १० लाख शुल्क आयोगले निर्धारण गरेको छ ।
उक्त शुल्कहरुको विवरण यस आयोगको मिति गत जेठ २९ र असार २ गते नै प्रकाशन गरेको थियो ।