आज ७ हजार २१५ सक्रिय संक्रमित, ६ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ८ हजार ८ नमुनाको पीसीआर र १ हजार ५९८ एन्टिजेन परीक्षणमा ३०६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, सोही अवधिमा भने ३४८ जना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १६ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ८७ पुगेको छ।

हालसम्म ७ लाख ९८ हजार २७४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयको अनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४७७ पुगेको छ।

२४ घण्टामा १५ हजार ९०६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *