डाक्टरले डाक्टर भएर बाँच्न पाउने अधिकार स्थापित गर्न मेरो उम्मेदवारी : डा. अग्रवाल

अहिले सामाजिक सञ्जालमा नेपाल मेडिकल काउन्सिलको चुनाव हाबी भइरहेको छ।

काउन्सिलको चुनावको लागि एकजना उपाध्यक्ष र आठजना सदस्य पदका लागि आगामी मंसिर ३ देखि ११ गतेसम्म निर्वाचन हुँदैछ।

४ वर्षे कार्यकालका लागि एकजना उपाध्यक्षको पदमा तीन जना र आठजना सदस्य पदका लागि ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

चुनावी मैदानमा उत्रिएका उम्मेदवादरहरू आजभोलि देशभरका प्रतिष्ठान तथा अस्पतालमा प्रचार–प्रसारमा ब्यस्त छन्।

टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलागायत सञ्चारमाध्यममा काउन्सिलको चुनावी चर्चा चुलिएकाे छ। आ–आफ्ना एजेन्डासहित उम्मेदवारहरू भोट माग्न तल्लीन छन्।

काउन्सिलको आगामी निर्वाचनका सदस्यका लागि उम्मेदवारी दिएका डा‌. हुलास अग्रवालसँग उम्मेदवारी दिनुको कारण, उनको योजना र प्रतिवद्धतालगायतका विषयमा हेल्थपोष्ट नेपालले धारणा लिएको छ।

उनकै शब्दमा

काउन्सिलको चुनावमा सबैजना म नै राम्रो र मैले नै चिकित्सा क्षेत्रका बेथिति सुल्झाउन सक्छु भन्ने नारा घन्काइरहेका देखिन्छन्। यसले उनीहरूको आत्मविश्वास प्रतिविम्बित गर्ने भएकाले सकारात्मक रूपमा हेर्न सकिन्छ। तर, जेजति कुरा गरे पनि चिकित्सा क्षेत्रका धेरै समस्या समाधान हुन बाँकी छन्, जसलाई चिरफार गर्ने चुनौती हामीसामु छ।

चिकित्सा शिक्षा अध्ययनको बेलादेखि नै चिकित्सा क्षेत्रमा भएको विसंगति नजिकबाट नियालेको छु। त्यस विषयमा भएका अन्यायका बारेमा आफ्नो आवाज सशस्त रुपमा राख्दै आएको छु।

काउन्सिल चिकित्सक  नियमन गर्ने जस्ता भूमिकामा छ। यसो भनिरहँदा चिकित्सा क्षेत्रको सुधारका लागि काउन्सिलमा अझै धेरै काम  गर्न बाँकी छन्। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न मर्यादित चिकित्सा अभ्यास थालनी गर्नुपर्छ।

चिकित्सकलाई नियमन गर्ने निकाय चिकित्सकमैत्री हुनु पर्छ। अभिभावक संस्थामा पुग्दा हरेक चिकित्सकले आफूलाई सुरक्षित र पेशा प्रति गौरव गर्न सक्ने हुनु पर्छ. तर, अहिलेको अवस्था यस्तो छैन। अधिकांश चिकित्सक नेपाल काउन्सिलमा पुग्दा तल्लो दर्जाको व्यवहार भोग्न बाध्य छन्। काउन्सिलले चिकित्सकलाई न्याक्ने मात्रै काम गरेकाले समाजमा चिकित्सकको सम्मानजनक अवस्था छैन।

नेपालमा डाक्टरले डाक्टर भएर बाँच्न पाउने अधिकार स्थापित गर्नु अबको आवश्यकताको हो।

यसका सुरुवात काउन्सिलले चिकित्सकप्रति गर्ने व्यवहारबाटै सुरुवात गर्न जरुरी छ। त्यसका लागि निर्वाचित हुन जरुरी छ।

नेपालमा प्रत्येक वर्ष चिकित्सकको संख्या बढ्दो छ। प्रत्येक वर्ष तीन हजारको हाराहारीमा जनशक्ति उत्पादन भइरहेका छन्। तर, सरकारले उत्पादन भएका दक्षजनशक्तिलाई आफ्नै देशमा टिकाउन सकेको छैन।

मासिक पारिश्रमिक अत्यन्तै न्यून रहेकाले मानसिक एवम् शारीरिक दुबैखाले परिश्रम गर्न चिकित्सकहरू बाध्य हुँदै निजी व्यवसाय अँगाल्न बाध्य भएका पुगेका छन्।

गैरचिकित्सक अन्य स्वास्थ्य व्यवसायीहरू पनि उत्प्रेरित भई काम गर्ने वातावरण छैन। निजी क्लिनिक या अस्पतालमा पनि प्रतिबिरामी परीक्षणशुल्क पनि न्यून छ। अब चिकित्सा सेवामा आमूल परिवर्तनको विकल्प छैन।

आर्थिक, जनशक्ति र आवश्यक उपकरणको उचित व्यवस्थापनबाट मात्रै अस्पतालहरूबाट प्रभावकारी चिकित्सासेवाप्रवाह सम्भव छ। अझै उत्प्रेरित एवम सक्षम चिकित्सकीय जनशक्तिको व्यवस्थापनविना स्वास्थ्य सेवाको सम्भावनै छैन।

निजी होस् या सार्वजनिक, स्वास्थ्यसेवाका हरेक तहमा प्रदान गरिने स्वास्थ्यसेवा मात्रै होइन, विश्वव्यापी मान्यताअनुसार चिकित्साशिक्षाको जिम्मेवारीसमेत बोकेको हुनुपर्छ।

मेरो पहल चिकित्सा शिक्षामा गुणस्तर बढाउने, स्वास्थ्य सेवालाई अन्तराष्ट्रिय स्तरको बनाउनमा नै केन्द्रित हुनेछ। हाल काउन्सिलले दिवङ्गत चिकित्सकको नाममा दर्ता सूचीबाट डि–रजिष्टेसन गर्न सुरुवात गरेको छ।

काउन्सिलको यो कदम जीवनभर स्वास्थ्य सेवामा खटिएका चिकित्सकलाई मृत्यु पछि गरिएको अन्याय हो। काउन्सिलमा दर्ता भएका सबै चिकित्सकको एक न एक दिन यो दिन आउननै छ।

दिवाङ्गत चिकित्सकको अवमूल्यन गर्नु हुँदैन, डि–रजिष्टेसन भन्ने शब्दै नराखौँ भन्ने मेरो अर्को एजेण्डा हो।

कार्यरत चिकित्सक सूचीबाट हटाउनु व्यवहारिक भएपनि काउन्सिलको दर्ता सूचीबाट हटाउन भन्दा वाल अफ मेमोरिज बनाएर रुपमा राख्नु पर्छ।

अहिले काउन्सिलले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै उम्किन खोजेपनि अब बन्ने यो समितिले भने यसलाई कार्यान्वयन गर्नु पर्छ। यस बिषयमा म लड्न तयार छु।

त्यसैगरी, काउन्सिलमा वरिष्ठ चिकित्सकको अनुभव र युवा चिकित्सकको नयाँ सोच स्थापित गर्नु देखिन्छ। आवासिकय चिकित्सकले भोगिरहेको डेयुटी आवर र सेवा सुविधाको विषय काउन्सिलका लागि मुद्धा बन्नुपर्छ।

अर्को कुरा नेपाल मेडिकल काउन्सिलले बनाउने निर्देशिका तथा ऐनमा टेकेर अहिले नेपालमा आवसिकिय चिकित्सकले भोगिरहेको डेयुटी आवरसम्बन्धी समस्या समाधान गर्नु पर्ने छ। अहिले यसको लागि काउन्सिलअन्तर्गत रहेका चिकित्सकका अस्पताल वा स्वास्थ्यसंस्थामा भएका समस्या हेर्ने, चिकित्सकको ड्युटी आवरको विषय नियम अनुसार छ वा छैन हेर्नुपर्ने हुन्छ।

चिकित्सकहरुको ड्युटी अवार नै छैन संस्थालाई आवश्यक पर्दा ३६ घण्टा नै काममा लगाइन्छ। यसमा सुधार गनुपर्ने देखिन्छ।

यी सबै प्रतिवद्धता जनाइरहँदा उमेम्दवारलाई  किन भोट हाल्दै छु भने पनि महसुस गर्नुपर्छ। हामीले अहिले हाम्रालाई होइन राम्रालाई जित्ताउने हो। उसले चिकित्सा क्षेत्रमा गरेका कामलाई नजिकबाट हेरेर भोट गर्नुहोला।

उम्मेदवार चयन गर्दा ध्यान दिनुपर्ने कुरा

१. मताधिकारको सबैले प्रयोग गरौँ, आफन्तवाद, जातिवादबाट माथि उठेर आफ्नो विवेक प्रयोग गरौँ ।

२. उम्मेदवारले कत्तिको सामाजिक काम गरेका छन्, त्यसको पनि मूल्यांकन गरौँ ।

३. सामाजिक सञ्जालबाट उम्मेदवारले गरेको प्रतिबद्धता मात्र नहेरी, उसले चिकित्सा क्षेत्रमा गरेको योगदानतर्फ पनि ध्यान दिऔँ ।

४. चिकित्सा क्षेत्रको समस्या हल गर्न कुन व्यक्ति सक्षम छ। क्षमतावान व्यक्तिलाई चिन्नौं।

हामी सबै मिलेर असल उम्मेदवार छान्न सक्यौँ भने मात्र चिकित्सा क्षेत्रको भविष्य राम्रो होला र समग्र स्वास्थ्य क्षेत्रको मुहार फेर्न सकिएला।

चिकित्सा क्षेत्रमा मेरो योगदान

– नेपाल मेडिकल काउन्सिलको विभेदकारी नियमविरुद्द काउन्सिल घेराउ

– डा. गोविन्द केसीको जीवनरक्षाका निlम्त दबाब कार्यक्रम

– नव चिकित्सकहरुका लागि क्षमता अभिवृद्धि तालिम र अन्तराष्ट्रिय अवसरसँग सम्बन्धित गोष्ठि

– अन्तराष्ट्रिय अर्थोपेडिक गोष्ठीमा यूवा चिकित्सकलाई नि:शुल्क छात्रवृत्ति

– देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भइरहेका आक्रमणको सशक्त विरोध र समाधानका लागि सरोकारवालाको ध्यानकर्षण

– स्वदेश तथा विदेशमा एमबिबिएस र बिडिएस अध्ययन पूरा गरी उत्कृष्ण भएका चिकित्सकहरुलाई सम्मान कार्यक्रम

– कोरोनाबाट जोगिनका लागि स्वास्थ्यकर्मीलाई तालिम कार्यक्रम

– एमबिबिएस तथा बिडिएसलाई अध्ययन गर्नका लागि नि:शुल्क अध्ययन कोठा संचालन

कोरोना महामारीमा मेरो भूमिका

संघ र सम्पूर्ण शाखाहरुलाई संघमार्फत व्यक्तिगत रुपमा फेस सिल्ड र मास्क वितरण ३ हजार ५ सय स्वास्थ्यकर्मीलाई मास्क वितरण र मास्क बैंकको स्थापना चिकित्सकका लागि एम्बुलेन्स र आइसियू बेड खोज्न सक्रिय प्रयास



Leave a Reply

Your email address will not be published. Required fields are marked *