मुस्ताङको भुर्जुङमा हिमपहिरो, भागदौडमा ७ घाइते

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर–२ मा बोक्सी खोलामाथि भुर्जुङको माथिल्लो क्षेत्रमा आज मध्याह्न हिमपहिरो गएको छ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आज बिहान ११ : ४० बजे आसपासमा उक्त क्षेत्रमा हिमपहिरो गएको हो। बेनी जोमसोम सडकको ७ सय मिटर पर हिमपहिरो गएको गएको हो। पहिरोका कारण कुनैपनि मानवीय क्षति नभएको उनले बताए।
एक्कासी हिमपहिरो आएपछि भागदौड गर्दा स्थानीय सातजना घाइते भएका छन्। बोक्सी खोलाको आसपासका मानिसलाई अलर्ट राखिएको शर्माले बताए।