खोप लगाएपछि कुनै असर नदेखिएमा काम गर्दैन हो?

होइन !
कोभिड–१९ विरुद्धको खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम नै गर्दैन होला भन्ने कुरा ‘भ्रम’ हो। खोप लगाएपछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारीतासँग जोडेर हेर्न मिल्दैन।
कोभिड–१९ विरुद्धको खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ। दुवै अवस्थामा खोपले काम गर्छ।
खोपले दिने सुरक्षा र खोपको असर बीच कुनै प्रत्यक्ष सम्बन्ध छैन।