अस्पतालको भ्रष्टाचार उजागर गर्दै आएका पत्रकार झाको हत्या

हेल्थपोस्ट नेपाल

भारतको बिहारमा एक पत्रकारको हत्या गरिएको छ। नर्सिङ होम र अस्पतालमा हुने गरेका भ्रष्टाचारका विषयमा लेख्दै आएका बिहारको मधुवनी जिल्लाका पत्रकार बुद्धिनाथ झाको शव आधा जलेको अवस्थामा फेला परेको हो।

पत्रकारका परिवारले अस्पतालका सञ्चालकले उनको हत्या गराएको आरोप लगाएका छन्।

हत्याको अनुसन्धानका लागि केही व्यक्तिहरुलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

पत्रकार झा मधुवनीको बेनीपट्टीबाट प्रकाशित समाचारपोर्टल बीएनएन न्यूज बेनीपट्टीमा काम गर्थे। उनले लगातार रुपमा नर्सिङ होम र अस्पतालमा भएको भ्रष्टाचारबारे उजागर गर्दै आएका थिए।

बुद्धिनाथका दाजु त्रिलोक झाका अनुसार पहिले उनले एक क्लिनिक सुरु गरेका थिए। तर स्थानीय नर्सिङ होम सञ्चालकले सताएपछि उनले क्लिनिक बन्द गरे। त्यसपछि उनले फर्जी नर्सिङ होमको अवैध धन्दा उजागर गर्न पत्रकारिता सुरु गरेका थिए।

उनको ९ नोभेम्बरमा अपहरणपछि हत्या भएको बताइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *