कोरोना संक्रमणबाट झापामा शिक्षकको निधन

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणका कारण झापामा शनिबार एक शिक्षकको निधन भएको छ। बिर्तामोड नगरपालिका ५ को देवी माविमा कार्यरत ४२ वर्षीया शिक्षक सञ्जु पाण्डे डाँगीको उपचारका क्रममा भारतको सिलगुडीस्थित किंस अस्पतालमा बिहान निधन भएको हो।

उनी लामो समयदेखि बिरामी थिइन्। दसैंअघिदेखि बिरामी उनलाई पहिला बिर्तामोडको मेडिका हस्पिटलमा उपचार गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि लक्ष्मी पूजाको अघिल्लो दिन उनलाई त्यहाँ लगिएको थियोे । देवी माविका शिक्षक उमेश साहले उनी प्रावि तहकी शिक्षक भएको बताए। शिक्षक साहका अनुसार उनको आज बिहान सवा एक बजे निधन भएको हो।

 

निधन भएकी शिक्षक बिर्तामोडको सुगम पेट्रोलपम्पको सञ्चालकसमेत रहेको बताइएको छ । केही महिनाअघि पनि सोही विद्यालयका शिक्षक असोक बाह्रकोटीको कोरोना संक्रमणका कारण निधन भएको थियोे।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *