आज ७ हजार ४९८ सक्रिय संक्रमित, तीन जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ हजार ६६ नमुना परीक्षण गरिएको मध्ये ३९७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने ३ जना संक्रमितको निधन भएको छ। योसँगै नेपालमा कोरोनाबाट ११ हजार ६४९ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै, आज ३८९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा ७ लाख९७ हजार ४४८ जना संक्रमणमुक्त भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार देशभर ७ हजार ४९८ जना सक्रिय संक्रमित छन्।

तीमध्ये ६ हजार ९४५ होम आइसोलेसन र ५५३ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रायलका अनुसार आज ५७ भेन्टिलेटरमा सहित १९० जना आइसियूमा राखि उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा ९३ हजार ६९५ जनाले खोप लगाएका छन्। आज देशभर ९८ जना क्वारेन्टाइनमा छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *