फाइजर खोप यी व्यक्तिले लगाउनु हुँदैन, देखिन्छन् यस्ता असर (मार्गदर्शन सहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकुले कोभिडविरुद्धको फाइजर खोपको प्रयोग तथा संचालन सम्बन्धि अन्तरिम मार्गदर्शन सार्वजनिक गरेको छ।

मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग , खोप लिन हुने अवस्था, खोप दिन नहुने अवस्था, विषेश निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुनसक्ने असरका विषयमा प्रस्ट पारेको छ।

फाइजर खोप कात्तिक २८ गतेबाट १२ वर्षदेखि १७ सम्मका दीर्घ रोगीलाई दिइने भएको छ। कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकामा रहेको वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

यस्तै प्रदेश १ को मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाइने मन्त्रालयले जनाएको छ। प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ।

बागमती प्रदेशको चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ।

लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

फाइजर खोप दुई मात्रा लगाइन्छ। यो खोप भाययलमा उपलब्ध हुन्छ । जमेको अवस्थामा बाक्लो झोलको रुपमा हुन्छ। यो सामान्य अवस्थामा सेतो वा हक्ला धमिलो सेतो रंगको हुन्छ। यो खोपको भायलमा ६ मात्रा (प्रति मात्रा ०.३ मि.लि. उपलब्ध हुन्छ।

फाइजर–बायोएनेट खोप लगाउन नहुने अवस्था
– कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको
–१२ बर्ष भन्दा कम उमेर व्यक्ति
–यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भिर प्रकारको एलर्जिक प्रतिक्रिया भएको (जस्तै : एनाफाइलेक्सिस्)
फाइजर–बायोएनटेक खोप तत्कालको लागि लगाउन नहुने अवस्था
– मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ।
–कोभिड –१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ।
– कुनै पनि प्रकारको गम्भिर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन, तर, यस प्रकारको अवस्थामा ठीक भएपछि यो खोप लगाउन हुन्छ।

फाइजर–बायोएनटेक खोप लगाएपछि हुनसक्ने अनपेच्छित घटना
सामान्य असरहरु
–सूई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुनिने
– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने
–मांसपेशीहरु दुख्ने र जोर्नीहरु दुख्ने
–खान मन नलाग्ने र वाकवाकी लाग्ने
–थकाई लाग्ने
–सूई लगाएको हातको काखीको गन्थ्री सुनिने र दुख्ने

फाइजर–बायोएनटेक खोप लगाएपछि हुनसक्ने अवाच्छि घटना
१. एनाफालेपक्सिस्
२. मायोकार्डाइटिस, पेरीकार्डडाइटिस
३. शरीरमा साना विवरा आउने र चिलाउने, शरीरभरी डावर आउने र चिलाउने, अनुहार सुन्निने लक्षण देखिन सक्छन्।
४. पखाला लाग्ने, वान्ता हुने, सुई लगाएको हात धेरै नै बढी दुख्ने तथा बेहोस हुने जस्ता लक्षण पनि देखिन सक्छन्।

कुनै पनि खोप लगाउँदा विरलै देखिने तर गम्भीर हुने एनाफाइलेक्सिसको सम्भावना हुनसक्छ। यस प्रकारको असर सामान्यतया खोप लगाएको ५ मिनेट देखि आघा घन्टा भित्र हुनसक्छ।त्यसैले खोप लगाएपछि आधा घन्टासम्म खोप केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ।

एनाफाइलेक्सिस भएमा त्यसको तत्कालै व्यवस्थापन गर्नुपर्दछ। तसर्थ, प्रत्येक खोप केन्द्र स्तरमा एनाफाइलेक्सिको व्यवस्थापन गर्न एड्रिनालिन सुई दिएर उपचार गर्न व्यवस्था मिलाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *