चिकित्सा शिक्षा स्नातक तहका कक्षा सञ्चालन मंसिर १९ बाट, यस्तो छ भर्ना कार्यतालिका

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले स्नातक तहको कक्षा सञ्चालन मंसिर १९ बाट सञ्चालन गर्ने निर्देशन दिएको छ।

आयोगले बिहिबार एक सूचना जारी गर्दै भर्ना र कक्षा सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगले सार्वजानिक गरेको कार्यतालिका अनुसार पहिलो सूची अनुसारको भर्ना आज शुक्रबारबाट खुलेको छ। पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहेको छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुनेछ।

सोही कार्यकालिका अनुसार नै व्यवस्था मिलाउन विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई आयोगले निर्देशन दिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *