लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

हेल्थपोस्ट नेपाल

पाकिस्तानको लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ। अमेरिकाको वायु गुणस्तर मापन सम्यन्त्रले जारी गरेको वायु प्रदूषण तथ्यांक अनुसार लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा लाहोर शीर्ष स्थानमा परेको हो।

पाकिस्तानका सहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो। त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा छ।

 

यस्तै गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ। यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि सहरमा प्रदूषण थपेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *