नेपालमा सक्रिय संक्रमित कुन प्रदेशमा कति ?

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजारको नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ११ हजार ४६६ कोरोना भाइरसको संक्रमणबाट जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो विवरण अनुसार नेपालमा कुल आठ लाख १६ हजार ६० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये सात लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार सात हजार ५३५ जना सक्रिय संक्रमित छन्। तीमध्ये सात हजार १० जना होम आइसोलेसनमा, ५२५ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै, १८८ जना आईसीयू तथा ५४ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या कुन प्रदेशमा कति ?
प्रदेश नम्बर–१ : १०४९
प्रदेश नम्बर–२ : ७६५
बागमती प्रदेश : २४१६
गण्डकी प्रदेश : १३१४
लुम्बिनी प्रदेश : १२०५
कर्णाली प्रदेश : २२०
सुदूरपश्चिम प्रदेश : ५६४

कुन प्रदेशमा कतिको निधन ?
प्रदेश नम्बर–१ : १६५९
प्रदेश नम्बर–२ : ७७१
बागमती प्रदेश : ४९०८
गण्डकी प्रदेश : १३५६
लुम्बिनी प्रदेश : १८१४
कर्णाली प्रदेश : ४७६
सुदूरपश्चिम प्रदेश : ४८२

संख्याका आधारमा अझै काठमाडौं रेड जोन मा छन्। मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी काठमाडौंमा ५१० सक्रिय संक्रमित छन्।
त्यसैगरी, ललितपुरमा ४९७ र भक्तपुरमा ४९२ सक्रिय संक्रमित छन्।

२ सयभन्दा माथि सक्रिय संक्रमित रहेका १० जिल्ला छन्। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, लतिपुर, भक्तपुर, कास्की , नपलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन्। अहिले मुगु र हुम्ला ‘कोभिड फ्री’ जिल्ला हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *