आज ७ हजार ५३५ सक्रिय संक्रमित, १८८ आइसियूमा

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५३ नमुना परीक्षण गरिएको मध्ये ३१७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने २७९ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ७ लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भएका छन्।

बिहिबार देशभर ७ हजार ५३५ सक्रिय संक्रमित छन्। तीमध्ये ७ हजार १० होम आइसोलेसन र ५२५ संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा ६ कोरोना संक्रमितको निधन भएको छ। मन्त्रालयका अनुसार हालसम्म ११ हजार ४६६ जनाको निधन भएको छ।

आज देशभर ५४ भेन्टिलेटरमा सहित १८८ जनालाई आइसियूमा राखि उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा ४ हजार ५१६ जनाले कोरोना विरुद्दको खोप लगाएका छन्।

बिहिबार देशभर ९८ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *