को बन्ला बागमती प्रदेशको स्वास्थ्यमन्त्री?

हेल्थपोस्ट नेपाल

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज बिहीबार मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन्। यसअघि चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका उनले २ मन्त्री थप्न लागेका हुन्।

माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल र नेपाली कांग्रेसका निमा लामालाई मन्त्री बनाउने तयारी छ। जमकट्टेल आर्थिक मामिला मन्त्री र लामा स्वास्थ्यमन्त्री बन्दैछन्। उनीहरुको अपरान्ह ५ बजे सपथको तयारी छ।

यसअघि पाण्डेले कांग्रेसबाट कृष्णलाल भँडेल, माओवादीबाट कुमारी मोक्तान र एकीकृत समाजवादीका कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *