स्वीजरल्याण्डले अनुदानमा दिएको एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

स्वीजरल्याण्ड सरकार र कोभ्याक्स सुविधाअन्तर्गत ४ लाख ९२ हजार डोज कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ।
बुधबार राति कतार एयरवेजमार्फत एस्ट्राजेनेकाको ४ लाख ९२ हजार डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको स्वास्थ्य सेवा विभागले जानकारी दियो।
विभागका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज र स्वीजरल्यान्ड सरकारले १ लाख ४४ हजार डोज उपलब्ध गराएका हुन्।
कोभ्याक्स सुविधामार्फत र स्वीजरल्याण्डले अनुदानमा उपलब्ध गराएको उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको खोप भण्डार केन्द्रमा राखिएको छ ।