अस्पतालको एयर कन्डिसनिङबाट फैलिएको थियो ‘कालो ढुसी’

हेल्थपोस्ट नेपाल

भारतका संक्रामक रोग विशेषज्ञ तथा माइक्रोबायोलोजिस्टहरुले सेप्टेम्बर २०२० मै कोरोना संक्रमित बिरामीमा कालो ढुसी फैलिरहेको पत्ता लगाएका छन्।

मानिसमा हावाबाट म्युकोर्लेस नामक फंगस (ढुसी) सर्ने गर्दछ, जुन विरलै संक्रमण हुन्छ। तर मृत्यु हुने सम्भावना धेरै रहन्छ।
रोगसँग लड्ने क्षमता कम भएका कोरोनाका बिरामीमा यो ढुसी मुख, नाक तथा दिमागमा छिटो फैलिन्छ, जसलाई राइनोसेरेब्रल म्युर्कोमाइक्रोसिस भनिन्छ।

भारतमा पहिलोपटक कोरोना संक्रमितमा ढुसी देखिएको थियो। उक्त समयमा कालो ढुसीको संक्रमण भएका विरामीका उपचार गरिएका १६ वटा अस्पतालले अनुसन्धान अगाडि बढाएका थिए।

त्यो पत्ता लगेको तीन महिनामा दुई गुणा बिरामी भारतमा बढे। यो संक्रमण फैलिरहेको आशंका माइक्रोबायोलोजिस्ट डा अरुनालोके चक्रवर्तीले पहिलोपटक गरेका थिए। उनले यसबारे देशभरका अस्पतालहरुमा भिडियो कन्फरेन्सको माध्यमबाट सतर्क गराएका थिए।

तर यो कन्फरेन्स भएको केही समयमै कोरोना महामारीको दोस्रो लहर सुरु भयो जसले भारतमा धेरै मानिसको ज्यान लियो।

कालो ढुसीको संक्रमण निकै फैलिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यो पनि महामारीकै रुपमा फैलिरहेको रहेछ भन्दै ध्यान दिन थालेको थियो। त्यसपछि अस्पताल तथा चित्सिकहरुले स्थानीय तहबाटै तथ्याङक संकलन गर्न थालेका हुन्। अगस्टसम्म ५० हजार म्युकोमाइकोसिसका केसहरु पत्ता लागिसकेका थिए।

‘कालो ढुसी’ का कारण ४३०० जनाको मृत्यु

नेपालमा कालो ढुसीका समस्या त्यति धेरै नदेखिए पनि भारतमा महामारीकै रुपमा देखिएको थियो।
धेरैजसो संक्रमक रोग विशेषज्ञहरुले मधुमेह भएका विरामीहरु तथा कोरोना संक्रमण हुँदा स्टेरोइड प्रयोग गरिएका कारण यस्तो देखिएको बताएका छन्।

त्यस्तै, योसँगै, बिरामीमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर र स्लाइन पानीमा पनि अनुसन्धान गरिएको थियो।

तर यी कुनैमा पनि संक्रमण भेटिएन। बरु एयर कन्डिसनिङबाट आउने तातो र चिसो हावाबाट फंगस फैलिएको तथ्य पत्ता लाग्यो।

दोस्रो लहरपछि ११ वटा ठूला अस्पतालहरुमा एयर कन्डिसनिङको भेन्टको परीक्षण गरिएको थियो। यसमा ११ प्रतिशत नमुनाहरुमा फंगस भेटिएको थियो। अस्पतालको एयर कन्डिसनिङमै फंगस भएको पत्ता लागेको चक्रवर्तीले बताए।

‘फंगसका कणहरु हावाबाट भित्रिन सक्छन्। अस्पतालहरुले फंगस हटाउन यस्तो कण सोस्ने फिल्टर राख्नुपर्छ,’ उनले भने।

त्यस्तै, अनुसन्धानका अनुसार एयरकन्डिसनिङका प्वालहरु साबुनपानीले मज्जाले सफा गरे पनि ढुसी कम भएर जान्छ।
यो अनुसन्धान हाल प्रकाशन भने गरिसकिएको छैन। यसको तयारी भइरहेको उनले बताए।

तर धेरैजसोले मधुमेहका विरामी तथा स्टेरोइडको प्रयोग बढी भएका कारण कालो ढुसी फैलिएको मान्यतालाई जोड दिन्छन्। यस्ता विरामी धेरै भएका कारण विरामीहरु धेरै खतरामा छन्।

२७ वटा अस्पतालहरुले गरेको अनुसन्धानका अनुसार मधुमेह भएका विरामीहरु निकै खतरामा रहन्छन्।
चिकित्सकका अनुसार कोरोना विरामीको सुगर लेभल ७०० देखि ८०० मिलिग्राम पर डेसिलिटर रहेको छ। तर सामान्य मानिसमा १२० भन्दा कम हुन्छ। यसैका कारण उनीहरुमा म्युर्कोमाइकोसिसको खतरा हुन्छ।

तथ्याङक अनुसार ८५.२ प्रतिशत कालो ढुसीको संक्रमण हुने कोरोनाका विरामीमा मधुमेह रोग थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार १० लाख मानिसमा ०००.५ देखि १.७ व्यक्तिमा कालोढुसी देखिने गर्दछ। तर भारतमा ८० गुणा बढी खतरा रहेको छ।

भारतमा मात्र किन बढी देखियो भन्नेबारे अनुसन्धानकर्ताले पनि यकिनसाथ भन्न सकेका छैनन्। भारतको पनि पश्चिमी भेगमा यो समस्या धेरै रहेको बताइएको छ। महाराष्ट्रमा मात्रै १०,३२५ जनामा यो संक्रमण देखिएको थियो।

क्षयरोग रोगजस्तै फंगसको संक्रमण पनि रोगसँग लड्ने क्षमता कम भएका मानिसमा छिटो सर्छ। क्यान्सर, एचआइभी, तथा स्टेरोइड धेरै लगाइएका बिरामीमा यो संक्रमण हुने खतरा रहन्छ।

कोरोना नलागेका व्यक्तिलाई कालो ढुसी संक्रमण हुन्छ?

ढुसी जताततै हुन्छ, यो सर्वव्यापी हो। यो नाक, मुख तथा छालाबाट भित्र छिर्छ। यो रक्त वाहिनीमा छिरेर छिटै फैलिन्छ र रगत बग्नबाट रोकिदिन्छ। रगतको कमीले गर्दा मानिसको टिस्यु कालो हुन थाल्छ। त्यसैले यसको नाम कालो ढुसी राखिएको हो। यो ढुसी आफैँमा कालो हुँदैन।

नेपालमा पनि यसको संक्रमण केही व्यक्तिमा देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो।

मधुमेह तथा मृगैला रोग भएका तीन जना व्यक्तिको मृत्यु भएको थियो भने ११ जनामा यसको संक्रमण देखिएको थियो।

नेपालका कोरोना संक्रमितमा पनि आँखा बिगार्ने ‘कालो ढुसी’



Leave a Reply

Your email address will not be published. Required fields are marked *