आज ७ हजार ५१९ जना सक्रिय संक्रमित, ६ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ सय ७ को पिसिआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ को एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।

यस्तै याे अवधिमा ४७४ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ६ जनाको निधन भएकाे छ। हालसम्म देशभर ४४ लाख ७४ हजार ५४५ नमुनाको पीसीआर परीक्षण भएको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ। यसमध्ये ७ लाख ९६ हजार ७८० जना संक्रमणमुक्त भएका छन्भ। काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ४६० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना छन् । जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा र ५१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १८९ जना आइसियू र ५३ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *