काठमाडौं उपत्यकासहित देशभर बढ्यो चिसो

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहान-बेलुका जाडो बढेको महसुस भएको छ।

 

तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको उनले बताइन्। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको उनले भनिन्। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ। दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस रहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *