‘एक दशक कर्णालीको स्वास्थ्य सेवामा मैले बगाएको पसिनाको पुरस्कार यही देख्नलाई रहेछ’

हेल्थपोस्ट नेपाल

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाएको छ।

उपकुलपति डा रावल र रजिष्ट्रार महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका हुन्।

मन्त्री खतिवडाले कर्णालीको उपकुलपती नियुक्तिमा अदालतको अन्तरीम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाएका बताए।

डा. रावल र महतको नियुक्तीका विषयमा नै प्रश्न उठेपछि कामकाज गर्न रोक लगाइएको हो।यस विषयमा छानबिन गर्न समिति गठन गर्ने तयारी समेत गरेको मन्त्री खतिवडाले जानकारी दिए।

काम गर्न रोक लगाएपछि उपकुलपति रावलले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। दश वर्षसम्म कर्णालीको स्वास्थ्य क्षेत्रमा बगाएको पसिनाको अपमान भएको उनको भनाई छ।

‘करिब एक दशक कर्णालीको स्वास्थ्य सेवामा मैले बगाएको पसिनाको पुरस्कार! धन्य प्रेत आत्माहरु! मानवीय सम्वेदना मरेपनि न्याय मरेको छैनहोला?,’ उनले फेसबुकमा लेखेका छन्।

डा .रावल गत चैत २२ गते उपकुलपति नियुक्त भएका थिए। यस्तै असार ११ गते महत रजिष्ट्रारमा नियुक्त भएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *