रातको १० बजे सुत्नु मुटुको लागि फाइदाजनक

हेल्थपोस्ट नेपाल

चाँडै सुत्ने र चाँडै उठ्ने बानीले शरीरलाई फाइदा पुर्‍याउँछ भन्ने भनाई नै छ।

बानीसँगै स्वास्थ्यमा पनि लाभ पुग्ने यो टाइमटेबल माथि एक अध्ययन गरिएको छ, जसमा १० बजे देखि ११ बजेसम्ममा सुत्ने मानिसहरुमा मुटुको स्वास्थ्य राम्रो हुने पत्ता लागेको छ।

बेलायतमा ८८ हजार सहभागिहरुमा गरिएको अध्ययन अनुसार चाँडै सुत्ने र रातीमा ढिला सुत्ने मानिसहरुको तुलनामा रातको ठिक १० बजे सुत्ने मानिसमा मुटुको रोग हुने कम सम्भावना रहन्छ।

अध्ययनले ढिला वा चाँडो सुत्नेहरुमा मुटु सम्बन्धि समस्या हुन्छ वा हुँदैन भनेर प्रमाणित त गरेको छैन, तर ढिला सुत्नेले खाने पिउने बढि गर्ने कारणले रोग हुन सक्ने बताएको छ।

हुमा थेरापेटिक्स तथा अध्ययनका अगुवा डा. डेभिड प्यान्सले ढिला वा चाँडो सुत्ने मानिसको दैनिकीमा खलबली हुन सक्ने जसले गर्दा शरीरको आन्तिरिक समयलाई मिलाउन गाहो हुन सक्ने बताए।

‘यदि शरीरिको समयलाई लोमो समयसम्म सही गरिएन भने शरीरको समय तथा मानिसको व्यवहार पनि सोही तरिकाले बिग्रन थाल्दछ। यसले गर्दा शरीर सुन्निन थाल्ने, ग्लुकोजको कमी हुन थाल्दछ, जसका कारण मुटुको समस्या आउन थाल्छ,’ उनले भने।

युरोपियन हार्ट जर्नल–डिजिटल हेल्थका अनुसार झण्डै ३१७२ जना सहभागिहरु जसलाई २००८ देखि २०१० मा सहभागि गराइएको थियो, उनीहरुमा पाँच वर्षको अन्तरालमा मुटुको समस्या देखिएको थियो।

उनीहरुको तथ्याङ्क संकलन गर्दा १३७१ सहभागि मध्यरातमा सुत्ने गर्दथे भने ११९६ जना ११ बजेपछि र ४७३ जना मानिस १० बजे सुत्ने गर्दथे। १३२ जना मात्र १० बजे अगाडि सुत्ने बानी रहेको बताए।

त्यस्तै, उनीहरुको उमेर, लिङग, रोग सबै सोधखोज गर्दा १० बजेदेखि ११ बजेसम्म सुत्ने मानिसहरुमा कुनै खालको मुटुको समस्या भएको पाइएन।

मध्यरात तथा सो समयभन्दा ढिला सुत्नेहरुमा २५ प्रतिशत मुटुरोगको खतरा रहेको देखियो भने १० बजे भन्दा चाँडो सुत्नेहरुमा २४ प्रतिशत रोगको खतरा देखियो। त्यस्तै, ११ देखि ११ः५९को बीचमा सुत्नेहरुमा १२ प्रतिशत खतरा रहेको पाइयो। अध्ययनमा पुरुषहरुमा भन्दा महिलाहरुमा यो खतरा भएको देखिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *