यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

हेल्थपोस्ट नेपाल

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको बताए ।

प्रवक्ता कार्कीकाअनुसार मन्त्रिपरिषद्ले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को जेनेभामा सञ्चालन हुने स्पेसल सेसन अफ द वर्ल्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए ७४ (१६) कार्यक्रममा सहभागी हुन स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

मन्त्री कार्कीले खोप लगाउनयोग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताए ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *