आज ७ हजार ६१२ सक्रिय संक्रमित, एकको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ५ सय ३३ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १६ हजार ६३६ नुमना परीक्षणमा ५३३ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने ४८४ संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुने संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ।

पछिल्लो २४ घन्टामा एक संक्रमितको निधन भएको छ।

हालसम्म नेपालमा कोरोना भाइरसबाट ११ हजार ४५४ जनाले ज्यान गुमाइसकेका छन्।

आज देशभर ७ हजार ६१२ सक्रिय संक्रमित छन्। तीमध्ये ७ हजार ७७ होम आइसोलेसन तथा ५३५ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार आज देशभर ५५ भेन्टिलेटरमा सहित १९९ आइसियूमा राखि उपचार भइरहेको छ।

आज देशभर ११० जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घन्टामा ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *