नर्सकाे रात्रीकालिन भत्ता एक हजार लागू गर्न नर्सिङ संघले स्वास्थ्यमन्त्रीलाई बुझायो ज्ञापन पत्र

नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ।
संघका पदाधिकारीहरु मन्त्रीलाई ज्ञापनपत्र बुझाउन मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेको थिए।
विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरुमा रात्रीकालिन ड्युटी खटिने नर्सहरुको समायावधि अधिंक एवंम जोखिमपूर्ण भएकाले रात्रीकालिन भत्ता वृद्धि गर्न संघले अपिल गरेको छ।
रात्रीकालिन भत्ता एक हजार र लुगा भत्ता (बार्षिक) दश हजार हुनेपर्ने माग स्वास्थ्यमन्त्री समक्ष राखिएको संघको अध्यक्ष प्रा. मन कुमारी राईले बताइन्।
ज्ञापनपत्रमा कोभिड भत्ता, रात्री भत्ता, पोसाक भत्ता, स्तर वृद्धि, बिरामीको अनुपात अनुसार नर्सको दरबन्दी हुनुपर्ने लगायतका माग समेटिएको छ ।
त्यसैगरी न्यूनतम पारिश्रमिक, उच्च शिक्षा अध्ययनको लागि कोटा छुट्याउने साथै नीति निर्माणमा नर्सको उपस्थित हुनुपर्ने जस्ता माग समेत राखिएको छ ।
Real and proper facilities demand must be fulfilled by concern authorities !
Yeha pradesh hospital le kam garayeko 6 mth samma ta night bhatta deko 6aina bhane aabha k 1000 night bhatta garla raa . Salary jabo conductor ko jati pani dina garyo garne le night bhatta 1000 dela bhanera aas pani lagdaina yo sarkar bata .