बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न समिति गठन

हेल्थपोस्ट नेपाल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौं वा चितवनलगायत सहरमा उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ।

‘अस्पतालका लागि कस्तो जग्गा चाहिन्छ भनेर हामीले डा. विमल चालिसेको संयोजकत्वको समिति बनाएका छौं’ सचिव थपलियाले भने, ‘काठमाडौं, चितवनलगायतका शहरमा जग्गा खोज्ने काम हुन्छ ।’

यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *