नर्सिङ निरीक्षक दिव्य तिमिल्सिना सरकारी सेवाबाट बर्खास्त

हेल्थपोस्ट नेपाल

सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक दिव्य तिमिल्सिनालाई सरकारी सेवाबाट बर्खास्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गरी तिमिल्सिनालाई सेवाबाट हटाइएको जानकारी दिएको हो।

छैटौँ तहका अधिकृत तिमिल्सिनालाई लोक सेवा आयोगको उजुरी र विभागीय सजाय परामर्श शाखाको निर्णय र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (१) आधारमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

तिमिल्सिनालाई २०७३ साल भदौ २९ गतेबाट लागू हुने गरी भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *